Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मलाई चितवन ३ सँग जोड्नु रेणु र म दुवैमाथिको अन्याय होः पुष्पकमल दाहाल

मलाई चितवन ३ सँग जोड्नु रेणु र म दुवैमाथिको अन्याय होः पुष्पकमल दाहाल


  • 778
    Shares

    मलाई चितवन ३ सँग जोड्नु रेणु र म दुवैमाथिको अन्याय होः पुष्पकमल दाहाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाए। 

    आफू चितवन ३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताए । दाहालले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको स्पष्ट पारे । चितवन ३ सँग आफूलाई अहिले जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालमाथि अन्याय हुने जिकिर गरे । 

    उनले आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रुपमा बहस चलिरहेको बताए । रेणु दाहालले विगत ९ वर्षमा गरेको काम नै उनको प्रचारको मुख्य आधार भएको दाहालको भनाइ छ ।

    उनले भने, रेणु दाहालले त्यहाँ ९ वर्षमा गरेको काम नै उनको लागि प्रचारको मुख्य आधार भएको कुरा मलाई लाग्छ तपाईहरुले देखिराख्नु भएको छ । त्यसकारण मलाई लगेर त्यहाँ जोड्नु जबर्जस्ती गलत हुन्छ । म माथि अन्याय हो, त्यो रेणु माथि पनि अन्याय हो । रेणुले गरेको कामप्रति पनि अन्याय हो भन्ने लाग्छ।’ 

    दाहालले छोरी रेणुको राजनीतिक सफलतामा आफ्नो प्रत्यक्ष हस्तक्षेप नरहेको र उनी आफ्नै कार्यसम्पादनका आधारमा अघि बढिरहेको बताए । 

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १६:४८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij