Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने

परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने


  • 603
    Shares

    परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने

    काठमाडौं । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले विभिन्न ६ वटा कागजातका आधारमा मतदान गर्न पाउने भएका छन्।

    निर्वाचन आयोगले मतदाताको सहजतालाई ध्यानमा राख्दै मतदानका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था पनि गरेको छ। 

    नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा आधिकारिक कागजात देखाएर पनि सहजै मतदान गर्न पाउनेछन्। 

    यस विषयमा मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना संप्रेषण गरिसकिएको आयोगले जनाएको छ। 

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १५:०५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij