Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

जीवन बीमकको व्यापार १ खर्ब ११ अर्ब माथि, कुन कम्पनीको अवस्था कस्तो ?

जीवन बीमकको व्यापार १ खर्ब ११ अर्ब माथि, कुन कम्पनीको अवस्था कस्तो ?


  • 589
    Shares

    जीवन बीमकको व्यापार १ खर्ब ११ अर्ब माथि, कुन कम्पनीको अवस्था कस्तो ?

    काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२\८३ को माघ महिनासम्ममा १ खर्ब ११ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । 

    नेपाल बिमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड १५ लाख १३ हजार ३७७ वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

    सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । कम्पनीले २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै नेशनल लाइफले १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७, एलआइसी नेपालले १२ अर्ब ३ करोड ८५ लाख, हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख, एशियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख र सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

    साथै, मेट लाइफले ३ अर्ब ७१ करोड ९ लाख , रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड ८८ लाख, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड ५२ लाख, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ८० लाख, आइएमई लाइफले ३ अर्ब ८६ करोड ७८ लाख र सन नेपाल लाइफले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

     

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १५:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij