Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

नेप्सेमा २१ अंकको वृद्धि, कति भयो कारोबार रकम ?

नेप्सेमा २१ अंकको वृद्धि, कति भयो कारोबार रकम ?


  • 771
    Shares

    नेप्सेमा २१ अंकको वृद्धि, कति भयो कारोबार रकम ?

    काठमाडौं । आज मंगलबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २१.६२ अंकले बढेर २,६३८ को विन्दुमा कायम भएको छ । 

    आज २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोडको शेयर कारोबार भएको छ ।

    हिजोको तुलनामा आज कारोबार रकम भने गिरावट आउको हो । हिजो ५ अर्ब माथिको शेयर कारोबार भएको थियो ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै एसवाई प्यानल कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने आँखुखोला जलविद्युतको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    सालपा विकास बैंकको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो बैंकको शेयरमूल्य ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढको छ भने सागर डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। 

    12.JPG

     

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १५:२१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij