२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि आवेदन दिएपछि यो प्रक्रिया अघि बढेको हो ।
कम्पनीले सबैभन्दा पहिले हालका संस्थापक शेयरधनीहरूलाई नै शेयर खरिदका लागि प्राथमिकता दिएको छ । इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नआएमा वा सबै शेयर बिक्री नभएमा मात्र उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij