Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, देशको माया गर्दा चौतर्फी प्रहार भयोः अध्यक्ष ओली

६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, देशको माया गर्दा चौतर्फी प्रहार भयोः अध्यक्ष ओली


  • 694
    Shares

    ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, देशको माया गर्दा चौतर्फी प्रहार भयोः अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताएका छन् । 

    आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उनले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गरेका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराएका छन् ।

    अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताएका छन् ।  देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै उनले देश बनाउने सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

    एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताएका छन् । उनले देशको एक-एक इन्च भूमिको रक्षा गरिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

    एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको ओलीले स्पष्ट पारेका छन् । राणा शासनदेखि लडेर देशलाई यहाँसम्म ल्याइपु¥याएको पार्टी कुनै कठपुतलीसँग डराएर पिठ्यूँ नफर्काउने उनको भनाइ थियो । 

    उनले भने, मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, फेरि पनि गर्नेछैन । तर ममाथि यत्रो प्रहार किन ? म कमिसन खान्न, कमिसनखोर होइन । फेरि ममाथि यत्रो प्रहार किन ?

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १०:३२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij