Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या, २ जना पक्राउ

पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या, २ जना पक्राउ


  • 918
    Shares

    पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या, २ जना पक्राउ

    काठमाडौं ।  गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्थामा भेटिएका थिए। 

    उनको हत्या अभियोगमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

    घटनाको थप अनुसन्धानका क्रममा मृतक सन्तोष गिरीलाई नीरजनाथसमेतको बाबा समूहसँग वादविवाद हुँदा चिम्टालगायतका वस्तुले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

    मृतक सन्तोष गिरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    images
    प्रकाशित मिति :फाल्गुण ९ २०८२ शनिवार - ०७:२८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij