Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

राजसंस्थाको माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन

राजसंस्थाको माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन


  • 7.4K
    Shares

    राजसंस्थाको माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन
    images

    राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो। 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। माइतीघरमा भेला भएका उनीहरू जुलुससहित नयाँ बानेश्वरसम्म पुगि कोणसभामा परिणत भएका थिए। 

    rr.jpg

    उनीहरूले पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए भने संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने नारा लगाएका छन्। सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयतासँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने आफूहरूको रहेको बताए।

    rrr.jpg

    जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाएको छ। तरपनि प्रदर्शनकारीहरूले प्रशासनको आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन्। पछिल्लो समय राजावादीहरूले देशभर प्रदर्शन गर्दै आएका छन्।

    प्रकाशित मिति :मंसिर २० २०७७ शनिवार - १५:५४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij