Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

हिमालयन लाइफ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न


  • 568
    Shares

    हिमालयन लाइफ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौं नक्साल स्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा भएको हो । 

    सभाले सञ्चालक समितिको आ.व. २०८१\८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८१\८२ को अवधिको लागि बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफारनोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८१\८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

    यस्तै सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दीपक नेपालको नियुक्तिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।  सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको आ.व. २०८१\८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०८२\८३ को लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ ।

    कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तव्य र सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन शेयरधनीहरुको सुझावलाई कार्यान्वयन गर्ने बताएका थिए । 

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १२:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij