Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ३२.३९ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ३२.३९ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक


  • 568
    Shares

    रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ३२.३९ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो ६ महिनामा कम्पनीले ३९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।  अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १२.९८ प्रतिशतले बढेको छ।

    चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३२.१६ प्रतिशतले बढेको छ। शेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको  छ ।

    कम्पनीले ३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २९.८४ प्रतिशतले बढेको छ।

    कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८९ करोड २१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड २८ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीले चालु वर्षको पुससम्म २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३२.३९ प्रतिशतले बढेको छ।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १५.२४ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २१.९१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ। 

     

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १२:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij