Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय ‘बेस्ट स्ट्राटेजिज’ अवार्ड

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय ‘बेस्ट स्ट्राटेजिज’ अवार्ड


  • 568
    Shares

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय ‘बेस्ट स्ट्राटेजिज’ अवार्ड

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले थाइल्याण्डको बैंककमा सम्पन्न ‘छैठौँ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५’ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्ड प्राप्त गरेको छ।

    इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित यस कार्यक्रममा एसियाका उदाउँदा बीमा बजारहरूमा सानिमा रिलायन्सले अपनाएको नवीनता, रणनीतिक प्रभाव र समावेशी बीमा पहुँचको उच्च मूल्याङ्कन गर्दै यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

    अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले यो उपलब्धि कम्पनीको रणनीतिक सोच र टिमको समर्पणको परिणाम भएको बताएका छन्। त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले यस अवार्डले कम्पनीलाई नेपालमा मात्र नभई एसियाली बीमा बजारमा समेत एक सक्षम र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गरेको उल्लेख गरेका छन्। 

    नेपालसहित भारत, बंगलादेश, श्रीलंका लगायतका विभिन्न देशका बीमा विज्ञहरूको सहभागिता रहेको सो कार्यक्रममा सानिमा रिलायन्सको ग्राहक-केन्द्रित पहल र डिजिटल सेवा विस्तारको प्रशंसा गरिएको थियो।

    हाल ५ अर्ब रुपैयाँभन्दा बढी पुँजी र २० अर्बभन्दा बढी लगानी रहेको यस कम्पनीले देशभरका १६९ शाखा सञ्जाल र २० हजारभन्दा बढी अभिकर्तामार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको छ। 

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १०:०६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij