२०८२ माघ ७ गते बुधवार
इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको लोकप्रिय एसेज टेष्ट सिरिजको मिति सार्वजनिक भएको छ। क्रिकेट अष्ट्रेलिया बोर्डले सन् २०२१–२२ को अन्तर्राष्ट्रिय सिरिजको तालिका सार्वजनिक गरेको हो।
एसेज सिरिज आगामी डिसेम्बर र जनवरीमा अष्ट्रेलियामा हुने छ। २०१९ को एसेज सिरिज २–२ को बराबरीमा सकिएको थियो। पाँच टेष्ट खेलको एसेज टेष्ट सिरिज यी दुई देशबीच सर्वाधिक लोकप्रिय प्रतिस्पर्धा हो।
अष्ट्रेलियाले घरेलु मैदानमा श्रीलंकासँग पाँच टि ट्वान्टी आई, न्युजिल्यान्डसँग तीन ओडिआई र एक टि ट्वान्टी आई पनि खेल्ने छ।
अफगानिस्तान र अष्ट्रेलियाबीचको एकमात्र टेष्ट खेल नोभेम्बर २७ देखि १ डिसेम्बर सम्म हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij