Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

मोरङबाट पेस्तोलसहित एक जना पक्राउ

मोरङबाट पेस्तोलसहित एक जना पक्राउ


  • 7.6K
    Shares

    मोरङबाट पेस्तोलसहित एक जना पक्राउ
    images

    मोरङ । मोरङको सुनवर्षी नगरपालिका–५ बाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् ।

    सुनवर्षीको झुँगी चोकबाट उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ ।

    भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाइने एसपी खड्काले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २० २०७७ शनिवार - १२:१९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij