Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

यी स्थानमा आज र भोलि ठूलो वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी जारी

यी स्थानमा आज र भोलि ठूलो वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी जारी


  • 29.1K
    Shares

    यी स्थानमा आज र भोलि ठूलो वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी जारी
    images

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतमा विकसित ताउते चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी छ।

    अझै ३ दिनसम्म वर्षारहिमपात जारी रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक तथा देशका बाँकी स्थानमा सामान्यदेखि पूर्णसम्म बदली छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका १/२ स्थानमा हल्का वर्षा भइरहेको छ।

    वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ। महाशााखाले आज बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

    दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ। यसैगरी दिउँसो उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना छ।

    आज राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

    उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात तथा वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    वर्षाको मात्रा भोलि अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

    जसमा भनिएको छ: कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावनासमेत छ। जसका कारण खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - ०९:००:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij