Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


  • 7.4K
    Shares

    पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
    images

    काठमाडौँ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। जसमध्ये गत २४ घण्टामा १ हजार २७२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा थपिएका संक्रमित मध्ये प्रदेश १ को इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा ६१, संखुवासभामा ३ र सुनसरीमा ३६ जनामा रहेका छन् ।

    यसैगरी प्रदेश २ को धुनषामा १३, पर्सामा १, बारामा ५, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ४० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा २९, दोलखामा १०, धादिङमा ५, नुवाकोटमा २, भक्तपुरमा ४१, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा १२५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

    गण्डकी प्रदेशको कास्कीमा ७९, गोरखामा ७, तनहुँमा ३, नवलपरासी पूर्वमा २८, पर्वतमा १, म्याग्दीमा ९, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा २१, दाङमा २१, नलवपरासीमा ९, पाल्पामा १९, प्यूठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ३६ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशको दैलेखमा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ४०, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ११, डोटीमा ३, दार्चुलामा ९ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १७:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij