Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै


  • 8.1K
    Shares

    नेकपा सचिवालय बैठक आज बस्दै

    लामो समयको विवादको भूमरीमा परेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आज सचिवालय बैठक हुँदै छ । आज दिउँसो ४ बजे बस्ने भनिएको सचिवालय बैठकका लागि केही दिनअघि देखि नै नेकपा नेताहरु दौडधूपमा लागेका छन् ।

    पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओलीले यो बैठक बोलाउन चाहेका थिएनन् । तर, बहुमत सदस्यको दबाबपछि उनी पनि आज बैठक राख्न तयार भएका हुन् । आज बैठक राख्नका लागि प्रचण्ड पक्षले ओलीलाई अल्टिमेटमसमेत दिएको थियो ।

    केही समय यता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण राजनीतिक नियुक्तिमा मनोमानी गरेको भन्दै नेकपामा उनको व्यापक आलोचना भएको छ ।

    यसअघि २६ भदौमा बसेको नेकपा स्थायी कमिटी बैठकले दिएको म्यान्डेटलाई प्रधानमन्त्री ओलीले नटेरेको आरोप प्रचण्डपक्षले लगाएका छन् ।

    यसअघि पटक पटक ओली र प्रचण्डबीच छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । उनीहरुबीच भएको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि सचिवालय बैठक राख्न नेकपा सचिवालयका ५ जनाले दबाब दिँदै आएका थिए । 

     

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - ११:०८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij