२०८२ माघ ७ गते बुधवार
काठमाडौं ।आज बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १.५२ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ ।
आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।
आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य समुहका उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको २६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको २२ करोड माथिको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij