२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सभापतिका लागि चार जनाले मनोनयनपत्र लिएका छन् ।
मंगलबार साँझ साढे ७ बसेसम्म उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार हालसम्म सभापति लड्ने भन्दै चार जनाले मनोनयनपत्र लिएका हुन् ।
फाराम लैजानेको नाम, नम्बर केही टिपिएको छैन । निर्वाचन समितिले मनोनयन दर्ताको समयमा मात्रै सबै विवरण लिखित राखिने जनाएको छ ।
विवाद मिलाउन विशेष पक्ष र संस्थापन समूहबीचको छलफल पनि जारी छ । उक्त छलफलले के निष्कर्ष निकाल्छ सोहीअनुसार विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्ने र विशेष पक्षको कामकारबाही हेरेर रणनीति बनाउने पक्षमा संस्थापन समूह छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij