२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको दुई पक्षीय वार्ता सुरु भएको छ । बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता सुरु भएको हो ।
यसअघि आजै बिहान पनि वार्ता भएको थियो । तर, बैठकमा आ-आफ्नो कुरा राख्नेबाहेक सहमति हुन सकेको थिएन । दोस्रो चरणको छलफलमा सहमति जुटाउन प्रयास हुने नेताहरूको भनाइ छ ।
आइतबारदेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वान विशेष महाधिवेशन भइरहेको छ ।
वार्तामा विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् ।
यसैगरी देउवा र शेखर कोइराला समूहका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij