Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण

राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण


  • 1.2K
    Shares

    राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको छ । मंगलवार राप्रपा पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो ।

    राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताहरूले एकीकरण घोषणा गरेका हुन् । एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिन्ह कायम राख्ने सहमति भएको छ ।

     एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ । यो एकीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याउने विश्लेषकहरूको मत छ । एकीकृत पार्टीले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेन्डा बनाउने जनाइएको छ । 

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १४:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij