२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।
निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij