Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राखेको देउवा पक्षको दावी

विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राखेको देउवा पक्षको दावी


  • 1.1K
    Shares

    विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राखेको देउवा पक्षको दावी

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षबिच बालुवाटारमा वार्ता जारी छ ।विशेष महाधिवेशन पक्षधरका नेता प्रदीप पौडेलले बालुवाटारमा दुई पक्षबिच छलफल जारी रहेको बताएका छन् । 

    विशेष महाधिवेशन पक्षधर र देउवा पक्षका आ(आफ्नै तयारीले पार्टी विभाजनको दिशामा अघि बढेपछि विवाद समाधानको लागि भन्दै विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र देउवा पक्षले वार्ता समिति बनाएका थिए ।

    विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे छन् । देउवा र शेखर कोइरालाका समेतको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् । 

    स्रोतका अनुसार वार्तामा विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राख्दा सहमति जुट्न कठिन भइरहेको बताइएको छ ।विशेष महाधिवेशन पक्षधरको प्रस्ताव सबै पूरा गर्न नसकिने देउवा पक्षले अडान लिएको छ ।

    भृकुटीमण्डपमा विशेष महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र जारी छ भने देउवा पक्षले दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - ११:५८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij