२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबिच वार्ता जारी छ । बालुवाटारमा दुई समूहबिच वार्ता भइरहेको हो ।
विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षले वार्ता समिति बनाएको थियो ।
विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् । संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् ।
विशेष पक्षले सभापति देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका थिएनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij