Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काँग्रेसको नेतृत्वमा सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्छः गोपालमान श्रेष्ठ

काँग्रेसको नेतृत्वमा सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्छः गोपालमान श्रेष्ठ


  • 1.9K
    Shares

    काँग्रेसको नेतृत्वमा सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्छः गोपालमान श्रेष्ठ

    काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेनजी, नयाँ उदाएका शक्ति र राजनितिक दलको बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् । 

    उक्त सम्मेलनको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने उनको भनाई छ । उनले अहिले राष्ट्रिय एकताको खाँचौ औल्याएका छन् । कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ । 

    उनले भने, ‘सर्वसम्वत, सर्वदलिय जेनजीदेखी लिएर धेरै शक्तिहरु अहिले आएको छ, उनीहरुको गोलमेच सम्मेलन नेपाली काँग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली काँग्रेसले नेतृत्व लिएर अगाडी बढ्नुपर्छ । यो महाधिवेशनले आफ्नो विधिविधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई काँग्रेसको विधान अनुसार त्यसलाई मान्नुपर्छ । राष्ट्रिय एकताको खाँचो छ ।’ 

    उनले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताएका छन् । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उनको भनाई छ ।

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १७:४८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij