Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान


  • 1.4K
    Shares

    राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् । 

    उक्त दिन बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभा बैठक बस्ने भएको छ । यसअघि बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा बैठक बस्ने गरेकामा जेनजी आन्दोलनका क्रममा जलाइएपछि सिंहदरबारमा बस्न लागेको हो । 

    वैकल्पिक रुपमा सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।

    आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १७:२५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij