२०८२ माघ ७ गते बुधवार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ । उच्च अदालत पाटनले आगामी माघ २८ गतेका लागि तय गरिएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश कृपासर कार्कीको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो । निर्वाचन रोक्न माग गर्दै अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् लगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए ।
नयाँ पत्रिका दैनिकमा पुस २१ गते प्रकाशित सूचना अनुसार अघि बढाइएको उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचन सम्बन्धी कुनै पनि कार्य नगर्न र नगराउन अदालतले विपक्षीहरूको नाममा आदेश दिएको छ । अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि आगामी माघ ६ गते बोलाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij