२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्। देउवा निवास महाराजगञ्जमा सोमबार पुगेर कोइरालाले देउवालाई यस्तो सुझाव दिएका हुन् ।
बैठकमा सहभागी कोइराला समूहको एक नेताले पार्टी फुटतिर गएकाले कोइरालाले सभापतिलाई मिलाउन आग्रह गरेको बताएका छन् । देउवाले आफू समूहमा छलफलमा रहेको भन्दै पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको बताएका छन् ।
देउवा गुटको बैठक जारी रहेकै बेला अरू तीन जना नेतासहित कोइराला महाराजगञ्ज पुगेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij