२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डा. बाबुराम भट्टराई र विप्लव नेतृत्वको नेकपा माओवादीबाट उमा भुजेलको नाम गोरखाबाट सिफारिस भएको छ ।
प्रलोपा र माओवादीको आइतबार सम्पन्न बैठकले डा।भट्टराईको नाम गोरखाका दुवै क्षेत्रबाट र भुजेलको नाम गोरखा-२ बाट सिफारिस भएको हो । भट्टराईको नाम क्षेत्र नम्बर १ र २ सिफारिस गरेको प्रलोपाका जिल्ला संयोजक यानप्रसाद भट्टले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपा माओवादी गोरखाले दुवै निर्वाचन क्षेत्रबाट ६ जना उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । पार्टीले गोरखा-१ बाट तीनजना र क्षेत्र नम्बर २ बाट ३ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको पार्टीका काजी गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ बाट जेलब्रेकर नेतृ तथा गण्डकी प्रदेश इन्चार्ज उमा भुजेल, काजी गुरुङ र मजदुर संगठन नेपालका अध्यक्ष टेक प्रधानको नाम सिफारिस गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij