२०८२ माघ ७ गते बुधवार
काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्या भएका वृद्ध इलामका गर्जमान थापा हुन् । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले अनुसार वृद्ध गत शुक्रबारदेखि हराएको भन्दै प्रहरीमा खबर भएको थियो । खोजी गर्ने क्रममा आज ललितपुरकै किस्ट अस्पताल नजिकैको इनारमा उनको शव भेटिएको हो । उनी ललितपुर महानगरपालिका-१७ प्रसिद्ध टोल बस्दै आएका थिए ।
बोरामा राखेर इनारमा फालेको अवस्थामा शव भेटिएको एसएसपी बोगटीले बताएका छन् । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij