२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी विभाजन हुन नदिने बताएका छन् । सोमवार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् ।
उनले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गरेका छन् । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उनको प्रतिवद्धता छ । उनले भने, ‘पार्टी जोगाउन कोशिस गर्दैछु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्न । समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।’
सोमवारबाट बन्दसत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij