Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विश्वप्रकाशले पेस गरे पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने प्रस्ताव (पूर्णपाठ)

विश्वप्रकाशले पेस गरे पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने प्रस्ताव (पूर्णपाठ)


  • 813
    Shares

    विश्वप्रकाशले पेस गरे पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने प्रस्ताव (पूर्णपाठ)

    काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने गरी आफ्नो प्रस्ताव पेस गरेका छन् । सोमबार ‘बदलिएको देशरबदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् ।

    विशेष महाधिवेशनको बन्द सत्रमा पेस गरिएको उक्त प्रतिवेदनमा सबैभन्दा पेचिलो र दूरगामी महत्त्वको प्रस्तावका रूपमा प्रधानमन्त्रीको कार्यकाल निर्धारणलाई अघि सारिएको छ । महामन्त्री शर्माले भविष्यमा कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) कोही पनि व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने प्रस्ताव गरेका छन् । 

    यसैगरी राजनीतिक स्थिरता र दलीय स्वाभिमानको रक्षाका लागि शर्माले निर्वाचनमा गठबन्धन नगर्ने नीति अघि सारेका छन् ।

    पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहेका बेला महामन्त्री शर्माले विधानमै युवा सहभागिताको ग्यारेन्टी गर्ने प्रस्ताव अघि सारेका छन् । अब बन्ने पार्टीका हरेक तहका कार्यसमितिमा ४० वर्ष मुनिका युवाहरूको ४० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुनुपर्ने उनको प्रस्ताव छ । जसमा ३० वर्ष मुनिका २० प्रतिशत र ३० देखि ४० वर्ष उमेर समूहका २० प्रतिशत युवा समेटिनेछन् ।

     

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १२:२४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij