२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशनमा सोमबारको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेलले महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।
उनले महाधिवेशन प्रतिनिधिहरू ९ वटा ग्रुपमा विभाजन गरेर महामन्त्रीका प्रस्तावमा छलफल हुने बताएका छन् । साथै त्यसरी छलफल भए पनि ग्रुप लिडरको निष्कर्ष सुनाउने कार्यक्रम रहेको महाधिवेशन आयोजक पक्षले जनाएको छ ।
पोखरेलले प्रस्तावित कार्यविधिमा निर्वाचन गर्नेदेखि बन्द सत्रमा गर्ने कामका बारेमा खुलाइएको जनाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij