Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु


  • 897
    Shares

    बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

    काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  बैतडीको मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन साँडीघाटी नजिक दुर्घटनामा भएको हो । 

    जिप अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् । घटनास्थलमै मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको छ । 

    जिपमा सवार अन्य सबै घाइते भएका र घाइतेहरूको सङ्ख्या यकिन हुन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - ११:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij