२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४१ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५१ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ४९ सय ९० रुपैयाँमा पिकनबेच भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij