२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवशेनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।
केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरेको भन्दै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।
भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका नरहेको सचिवालयले जानकारी दिएको छ । स्वकीय सचिवले गलत सूचना प्रवाह भएकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij