Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्रियसभामा सुनिल थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा

राष्ट्रियसभामा सुनिल थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा


  • 1.7K
    Shares

    राष्ट्रियसभामा सुनिल थापा  निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा

    काठमाडौं । माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले औपचारिक रुपमा घोषणा गरेको छ । 

    राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो ।

    अव अन्य २ सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भीष्मराज प्रर्साईँले तोकिएको समयमा अन्य तर्फ एक जनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुइ– दुइ जनाको उम्मेदवारी परेको जानकारी दिए । 

    महिला तर्फएमालेबाट रोश्नी मेचे र नेपाली कम्युनिष्ट पार्टीका नमिता न्यौपाने, दलित तर्फएमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीका खेमराज नेपालीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । 

    कोशी प्रदेशमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुखरउपप्रमुख २७३ गरि ३६६ जना मतदाता रहेका छन् । एक जना स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १७:४५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij