Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काँग्रेस गुटमुक्त र कृपाबाट अलग हुनुपर्छः पुष्पा भुसाल

काँग्रेस गुटमुक्त र कृपाबाट अलग हुनुपर्छः पुष्पा भुसाल


  • 1.5K
    Shares

    काँग्रेस गुटमुक्त र कृपाबाट अलग हुनुपर्छः पुष्पा भुसाल

    काठमाडौं । नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कृपाबाट अलग राख्नुपर्ने  बताएकी छन् । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताएकी हुन् ।

    उनले आफूहरु गुट नचिन्ने र कृपा नमान्ने जिकिर गर्नुभयो । उहाँले पार्टीलाई थप कमजोर हुन नदिनको लागि विशेष महाधिवेशन आह्वान गरिएको बताएकी छन् ।

    उनले भनिन्, ‘हामी चाहन्छौँ अब नेपाली काँग्रेस गुटबाट मुक्त हुनुपर्छ । नेपाली काँग्रेसको यो कुरु क्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ । नेपाली काँग्रेस अब कृपाबाट अलग हुनुपर्छ । हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ । हामी काँग्रेसलाई कमजोर हुन दिन चाहन्नौँ ।’

    उनले युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना हुने तथा महिलालाई सबै प्रकारको हिंसाबाट मुक्त गर्ने सन्देश महाधिवेशनले दिनुपर्नेमा जोड दिएकी छन् । 

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १७:३९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij