Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता

जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता


  • 1.2K
    Shares

    जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बिच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । 

    समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।

    एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । 

    पार्टी एकता भइ समायोजना पुरा नहुन्जेलसम्म दुवै पार्टीका अन्य संगठन तथा विभागहरु आआफ्नो जिम्मेवारी अनुसार समन्वय समितिको मातहतमा रहेर काम गर्ने सहमति भएको छ । 

    फागुन २१ गते चुनावका लागि चयन गर्ने उम्मेदवारको लागि संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहने समेत सहमति भएको छ । एकीकृत पार्टीको झण्डा लोसपा नेपालको रहने सहमति भएको छ । 

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १७:०७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij