२०८२ माघ ७ गते बुधवार
काठमाडौं । ललितपुरमा युवाहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति ललितपुर महानगरपालिकाको सुन्धारामा युवाहरूबीच झडप भएको थियो।
झडपपछि एक युवाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। मृतक सिन्धुली हरिहरपुर घर भई सुन्धारा बस्ने २५ वर्षीय विजय राई छन्।
उनको मृत्युको कारण भने यकिन भइनसकेको एसपी जोशीले बताए। पोष्टमर्टम रिपोर्ट आएपछि मृत्युको यकिन कारण थाहा हुने उनले बताए। मृतक र अन्य युवाहरू साथी हुन्। उनीहरूले लागुऔषध समेत प्रयोग गर्ने गरेको स्रोतले बतायो।
‘लागुऔषध प्रयोगकर्ताहरू हुन्। झडपपछि सुत्न गएको भन्ने पनि छ। चोट पनि केही देखिएका छन्,’ स्रोतले भन्यो, ‘अनुसन्धान भइरहेको छ। एक जना नियन्त्रणमा छन्। अन्यको खोजी भइरहेको छ।’ शव पोष्टमर्टमको लागि पाटन अस्पतालमा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij