२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद सुनिल शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई रोइलो छाडेर भोलि विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै शर्माले अग्रजहरूले बनाएको पार्टी देखेर अहिले वीपी कोइरालादेखि सुशील कोइरालासम्मको आत्म रोइरहेको भन्दै विधि र पद्दतिका लागि कांग्रेस डगमगाउन नहुने बताएका छन् ।
उनले कांग्रेस मारकाट र झगडामा विश्वास नगर्ने मध्यमार्गी पार्टी भएको भन्दै शेरबहादुर ठुलो इतिहास बोको नेता भएकाले भोलिबाट सुरु हुने बन्द सत्रमा सहभागी हुन आग्रह गरेका छन् ।
शर्माले भने, ‘तपाईँलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेला हिजो जसले सभापति बनायो । अब रोइलो छाडेर यो हलमा आउनुस् । तपाईँलाई पाँच सात वटा विकल्प दिन सक्छौँ’, शर्माको आग्रह छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij