Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पठाओका सञ्चालक बस्न्यातद्वारा काठमाडौं १ बाट चुनाव लड्ने घोषणा

पठाओका सञ्चालक बस्न्यातद्वारा काठमाडौं १ बाट चुनाव लड्ने घोषणा


  • 1.4K
    Shares

    पठाओका सञ्चालक बस्न्यातद्वारा काठमाडौं १ बाट चुनाव लड्ने घोषणा

    काठमाडौं । उद्यमी असिममान सिंह बस्न्यातले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

    भिडियो सन्देश जारी गर्दै राइड सेयरिङ एप पठाओका सञ्चालकले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका हुन् । लामो सोच–विचारपछि आफूले यो निर्णय लिएको उनले बताएका छन् ।

    उद्यमीका रूपमा नेपालमै बसेर केही बनाउने प्रयास, रोजगारी सिर्जनाको यात्रा, असफलता, दबाब र जिम्मेवारी नजिकबाट अनुभूति गरेको अनुभवले नै आफूलाई यो निर्णयमा पु‍र्‍याएको बस्न्यातको भनाइ छ । उनले व्यवस्था सहज नहुँदा क्षमता हुँदा हुँदै पनि भविष्य अनिश्चित बन्ने यथार्थले राजनीतिमा जिम्मेवारी लिन प्रेरित गरेको उल्लेख गरेका छन् ।

    ‘म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ’ उनले भनेका छन् ।

    उनका मुख्य एजेन्डामा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन, जवाफदेहिता र पारदर्शिता, तथा अनुभव र नयाँ सोचलाई जोड्ने पहल रहेका छन् । युवाले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताएका छन् ।

    काम गर्नेले जवाफ दिनुपर्ने र निर्णय गर्नेले जिम्मेवारी लिनुपर्ने संस्कार स्थापित गर्नु नै सुशासनको आधार भएको उनको धारणा छ । अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यलाई मजबुत बनाउने पहलमार्फत दिगो परिवर्तन सम्भव हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

    नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतार्न सबैलाई यो यात्रामा सहभागी हुन उनको आह्वान छ । उनी राइड सेयरिङ प्लेटफर्म पठाओलाई नेपालमा भित्र्याउने व्यक्ति हुन् ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १६:४२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij