२०८२ माघ ७ गते बुधवार
काठमाडौं । एनसेलले जेनजी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ ।
विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैं जोडिराख्ने उद्देश्य राखेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिएर यसको फाइदा लिन सक्छन् । आज शनिबार (पुष २६)बाट संचालनमा आएको यो प्याकको मुल्य करसहित मात्र २९९ मूल्य तोकिएको छ ।
यस प्याकमा अनलिमिटेड अन नेट कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् ।
ग्राहकहरूले अफ-नेट कलमा विशेष छुट प्राप्त गर्छन् जस अन्तर्गत प्रति मिनेट मात्र १ मा कल गर्न सकिन्छ । २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि, ग्राहकहरूले पे-एज-यू-गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन् ।
युवा सिममा अर्को एक विशेषता पनि रहेको छ । यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु। १९ प्रदान पनि गर्दछ जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij