२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशनले हस्ताक्षर गरिसकेको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९.३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा यो संख्या घोषणाा गरिएको छ। यो महाधिवेशनमा सहभागी हुन अहिलेसम्म नाम दर्ता गराएका प्रतिनिधिको संख्या हो।
कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन् । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।
तीन महिनाअघि उनीहरूले मागेको विशेष महाधिवेशनलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेषल महाधिवेशन आह्वान गरेका हुन् । सोहीअनुसार आज भृकुटीमण्डपमा उद्घान सत्र जारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij