Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पार्टीका उम्मेदवारलाई रेशम चौधरीले बोलाए काठमाडौं

पार्टीका उम्मेदवारलाई रेशम चौधरीले बोलाए काठमाडौं


  • 1.2K
    Shares

    पार्टीका उम्मेदवारलाई रेशम चौधरीले बोलाए काठमाडौं

    काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले उम्मेदवार बन्न चाहने नेताहरूलाई काठमाडौं बोलाएका छन् । 

    पार्टीको आगामी चुनावी रणनीति तय गर्न तथा उम्मेदवारी मनोनय सम्बन्धी कानुनी र प्राविधिक प्रक्रियाहरू समयमै पूरा गर्न उम्मेदवारहरूलाई काठमाडौं बोलाइएको अध्यक्ष सोपले बताएका छन् । उम्मेदवारहरूलाई नेपाली नागरिकता, मतदाता परिचयपत्र तथा ६ प्रति फोटो लिएर उपस्थित हुन पार्टीले आग्रह गरेको छ । 

    पार्टीका अध्यक्ष कविर सोपले हस्ताक्षर गरेको पत्रनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिनुहुने सम्पूर्ण उम्मेदवारलाई माघ ३ गते पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुन भनिएको छ ।

    नागरिक उन्मुक्ति पार्टी नेपालले चुनावमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी सहकार्य गरेका छन् । 

     

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १५:४८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij