Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निर्वाचन प्रहरीमा भर्ना हुने २ दिनमा २७ हजारभन्दा बढीको आवेदन

निर्वाचन प्रहरीमा भर्ना हुने २ दिनमा २७ हजारभन्दा बढीको आवेदन


  • 1.3K
    Shares

    निर्वाचन प्रहरीमा भर्ना हुने २ दिनमा २७ हजारभन्दा बढीको आवेदन

    काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ देखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट इच्छुकहरूले आवेदन दिइरहेका छन् ।

    दुई दिनमा २७ हजार भन्दाबढी आवेदन सङ्कलन गरिएको नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले बताएका छन् ।

    नेपाल प्रहरीले यसपटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ । निर्वाचन प्रहरी भर्ना र परिचालन गर्न अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

    दरखास्त आह्वान गरेको दोस्रो दिन शनिवार १७ हजारले आवेदन दिएका छन् । माघ १ गतेसम्म निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दिन सकिने छ ।

     

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १५:३९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij