Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राप्रपाको चियापानमा पुगिन् प्रधानमन्त्री कार्की

राप्रपाको चियापानमा पुगिन् प्रधानमन्त्री कार्की


  • 988
    Shares

    राप्रपाको चियापानमा पुगिन् प्रधानमन्त्री कार्की

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् ।

    पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।

    चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेर अघि पुगेकी हुन् । आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको उपस्थिति थियो । अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १४:५०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij