Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

रास्वपा सहमहामन्त्री विपिन कुमारले पनि समानुपातिकको सूचीबाट फिर्ता लिए नाम

रास्वपा सहमहामन्त्री विपिन कुमारले पनि समानुपातिकको सूचीबाट फिर्ता लिए नाम


  • 694
    Shares

    रास्वपा सहमहामन्त्री  विपिन कुमारले पनि समानुपातिकको सूचीबाट फिर्ता लिए नाम

    काठमाडौं । रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको रास्वपा स्रोतले जानकारी दिएको छ । 

    समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानकारी दिएका छन् ।

    उनलाई पार्टी खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस गरेको थियो ।

    यसअघि नै डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू,  सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

    कार्यतालिका अनुसार यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाएका थिए ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १३:३०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij