२०८२ माघ ७ गते बुधवार
काठमाडौं । केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमै प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागि परेका छन् ।
सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहितको बैठक राखेर रणनीति बनाउन लागेका हुन् ।
यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यालय च्यासलमा त कतिपयले आफूलाई अनुकूल हुने स्थानमा आयोजना गरेका छन् । केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रित रणनीति बनाउन सहज होस भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् ।
लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आइतबार बैठक बोलाएका छन् । मधेस, बागमती, कोशी, सुदूरपश्चिमले सोमबारलाई बैठक बोलाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij