Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आन्दोलनको नाममा ठूलो रकम असुल्न खोजेको आरोपमा युवक पक्राउ

आन्दोलनको नाममा ठूलो रकम असुल्न खोजेको आरोपमा युवक पक्राउ


  • 1.3K
    Shares

    आन्दोलनको नाममा ठूलो रकम असुल्न खोजेको आरोपमा युवक पक्राउ

    काठमाडौं । द ब्रिटिश कलेजसँग आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन्। कलेज व्यवस्थापनसँग ३० लाख रुपैयाँ माग गर्दै रकम नदिए कलेज नै बन्द गराइदिने धम्की दिएको आरोपमा २८ वर्षीय ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार ढकाललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ बमोजिम अवैध लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार ढकालले राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गर्ने भन्दै कलेज बन्द गराइदिने धम्की दिँदै रकमको बार्गेनिङ गरेका थिए। उनले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेज व्यवस्थापनसँग भेट गरी डर, त्रास र दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।

    त्यसैगरी, सामाजिक सञ्जाल मार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमा नकारात्मक असर पार्ने सामग्रीहरू फैलाएको आरोप पनि उनी माथि लगाइएको छ।

    प्रहरीले गत पुस ८ गते ब्रिटिश कलेज रहेको ट्रेड टावर परिसरमा भएको नारा–जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पुर्‍याउने घटनामा समेत ढकालको संलग्नता रहेको जनाएको छ।

    पीडित पक्षको जाहेरीका आधारमा धम्कीपूर्ण ह्वाट्सएप सन्देश, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा संकलन गरी ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १२:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij