Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली सुरु, नेतृत्व परिवर्तनको माग

विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली सुरु, नेतृत्व परिवर्तनको माग


  • 792
    Shares

    विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली सुरु, नेतृत्व परिवर्तनको माग

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्न सुरु भएको छ ।

    शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

    कुपण्डोलबाट निस्किएको र्‍यालीमा कांग्रेस नेता पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ  लगायत सहभागी रहेका छन् ।

    महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्‍याली निकाल्न सुरु गरेका छन् । 

    नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका लागि बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

     

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - ११:५९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij