Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली सुरु, नेतृत्व परिवर्तनको माग

विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली सुरु, नेतृत्व परिवर्तनको माग


  • 1.1K
    Shares

    विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली सुरु, नेतृत्व परिवर्तनको माग

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्न सुरु भएको छ ।

    शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

    कुपण्डोलबाट निस्किएको र्‍यालीमा कांग्रेस नेता पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ  लगायत सहभागी रहेका छन् ।

    महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्‍याली निकाल्न सुरु गरेका छन् । 

    नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका लागि बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

     

    images
    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - ११:५९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij